काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना पुष्टि भएको छ । त्यस्तै प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना देखिएको छ ।
उनीहरुले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएका छन् ।
विष्णु रिमाल, सूर्य थापा दुबै ले ट्विटरमा भनेका छन्–हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।
यस्तै नेपालमा कोरोना भाइरसका आज २१ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ८४ हजार ५ सय ७० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा..जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म ६२ हजार ७ सय ४० जना संक्रमणमुक्त भएका छन् । आज २०४४ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।
Comments are closed.