काठमाडौँ — कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण भएको छ । असार १५ गते पार्टी कार्यालय सानेपामा गरिएको परीक्षणमा थापालाई कोरोना पुष्टि भएको हो ।
त्यस्तै थापाले यसबीचमा आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि अनुरोध गरेका छन् । यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी, शम्भुलाल श्रेष्ठसहित ६० जना भन्दा बढिमा संक्रमण देखिएको हो।
२ सय ४० जनाको स्वाब संकलन गरिएको थियो। केन्द्रीय सदस्यसहित स्वकीय सचिव, सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको एक नेताले जानकारी दिएका छन्।
आइतबारको बैठक स्थगीत गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। साथै सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठक पनि स्थगित हुने भएको छ।
Comments are closed, but trackbacks and pingbacks are open.