Nepal's First Video FM

भक्तपुरमा बसभित्र १७ बर्षीया किशोरीमाथि सामुहिक ब’लात्कार, २ जना पक्राउ

645

भक्तपुर — जिल्लामा एक किशोरीमाथि बसभित्रै सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बा ३ ख २६१२ नम्बरको बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० का २२ का निरकुमार खड्का र सहचालक जुगल गाउँपालिका–४ पाङताङका २१ का सूर्य श्रेष्ठ छन् ।

१७ बर्षीय किशोरीलाई काठमाण्डौं रत्नपार्कबाट २०७७ असोज १६ गते बिहान अन्दाजी ११ बजेको समयमा पानीमा लठ्याउने औषधि मिसाई खान दिई बसबाट भक्तपुर ल्याई पुर्याएको प्रहरीको भनाई छ ।

असोज १७ गते शनिवार बिहान अन्दाजी १० बजेसम्म भक्तपुरको सुर्यविनायक स्थित नम्वर नखुलेको बस भित्र जवरजस्ती करणी गरी सोही दिन रातको ११ बजेसम्म किशोरीलाई भक्तपुरको चाँगुनारयाण नगरपालिका वडा नं ८ हनुमानचा (महेश्वरी बैंक्वैटबाट ताथली जाने) बाटो छेउ खोला किनारमा पार्किङ गरी राखेको बा, २ ख २६१२ नम्वरको बस भित्र निज किशोरीलाई जवरजस्ती करणी गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत जगातीले दुई जना ब्यक्तिलाई पक्राउ गरीएको जनाएको छ ।

पक्राउ मर्नेमा सिन्धुपाल्चोक चौतार साँगाचोकगढी नगरपलिका १० बस्ने बर्ष २२ को निर कुमार खड्का र सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ पाता बस्ने बर्ष २१ को सुर्य श्रेष्ठलाई पक्राउ गरेको हो

पक्राउ परेको दुबैलाई २०७७ असोज १८ गते भक्तपुर जिल्ला अदालतमा पेश गरी जवरजस्ती करणी सम्बन्धी कुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ । एक जना फरार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका जनाएको छ ।

You might also like

Comments are closed.