काठमाडौँ :दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण भएको छ ।

कोरोना पोजेटिभ देखिएपछि उनी हैदराबादको अस्पतालमा भर्ना भएकी छन् ।
अभिनेत्री भाटियाकी साथीले खबरको पुष्टि गर्दै भनिन्,“हो उनी संक्रमित भएकी छिन् । अहिले उनी ठिक छन् । केही समयअघि उनको आमाबुबालाई संक्रमण देखिँदा उनको रिर्पोट नेगेटिभ आएको थियो । अहिले फेरि जाँचका क्रममा उनको पोजेटिभ आएको हो ।”
आफ्नो पहिलो वेब सिरीजको छायांकनको क्रममा हैदरावादमा रहेकी उनले कोरोनाको लक्षण देखिने वित्तिकै परीक्षण गराएकी हुन् । उनी आमाबुबाको सुरक्षाका लागि अस्पताल भर्ना भएको बताइएको छ ।
यसै बीच विश्वभर हालसम्म ३ करोड ५४ लाख २५ हजार १०७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
काठमाडौँ-कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० लाख ४२ हजार १८३ पुगेको छ भने संक्रमणबाट निको हुनेको संख्या पनि २ करोड ६६ लाख ३९ हजार ८६९ पुगेको छ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ७६ लाख ३६ हजार ९१२ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि २ लाख १४ हजार ६११ पुगेको छ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ६६ लाख २३ हजार ८१५ जना संक्रमित भएकोमा १ लाख २ हजार ७१४ जनाले ज्यान गुमाएका छन्।
यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा ब्राजिल रहेको छ। त्यहाँ ४९ लाख १५ हजार २८९ जनामा संक्रमण भएकोमा १ लाख ४६ हजार ३७५ भन्दा धेरैको ज्यान गएको छ।
रुसमा १२ लाख २५ हजार ८८९ जना संक्रमित भएका छन् भने २१ हजार ४७५ जनाको मृत्यु भइसकेको छ।
स्पेनमा ८ लाख १० हजार ८०७ संक्रमित भएकोमा ३२ हजार ८६ जनाले ज्यान गुमाएका छन्।
बेलायतमा ५ लाख २ हजार ९७८ संक्रमित भएकोमा ४२ हजार ३५० जनाको मृत्यु भइसकेको छ।
पेरुमा संक्रमितको संख्या ८ लाख २८ हजार १६९ छ भने ३२ हजार ७४२ जनाको मृत्यु भइसकेको छ।
Comments are closed.