Nepal's First Video FM

डब्लूएचओ ले भन्यो: १० मध्ये एक जनालाई कोरोना संक्रमण हुन सक्छ !

342

जेनेभा — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले विश्वमा हरेक १० व्यक्तिमध्ये एक जना कोरोना भाइरसबाट संक्रमित हुन सक्ने बताएको छ ।

चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएको १० महिना पूरा भइसके पनि यो नियन्त्रणभन्दा पनि झन तीव्र रुपमा फैलिरहेको छ । केही मुलुकमा प्रतिबन्ध खुकुलो बनाएसँगै कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको र पहिलेभन्दा अझ तीव्र रुपमा संक्रमण फैलिरहेको बताइएको छ ।

यसै बिच सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा आयोजित डब्लूएचओको कार्यकारी बोर्डको मिटिङमा डब्लूएचओका आपत्कालीन कार्यक्रमका प्रमुख डाक्टर माइक ऱ्यानले ‘विश्वको ठूलो हिस्सा’ कोरोना संक्रमणको जोखिममा रहेको बताएका हुन् ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ५४ लाख नाघेको छ । डब्लूएचओले भने करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुन सक्ने बताएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम र न्यूनीकरणका लागि विश्वका सबै मुलुकले ऐक्यबद्धता र सामूहिक नेतृत्व देखाउनुपर्ने डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले बताए ।

यसै बिच कोरोना भाइरसको खोप सरकारले कतारका सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने भएको छ । सरकारी हमाद अस्पताल संक्रमक रोग प्रमुख डा अव्दुल्लातिफ खलले एक अन्तर्वार्ताका उक्त कुरा बताएका हुन् ।

कतारको स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय रूपमा खोप विकास गरिरहेको फाइजर र बायोनटेक कम्पनीसँग अग्रिम सम्झौता गरी सकेको र सन २०२१ को केही महिना भित्रै खोप उपलब्ध हुने खलले बताएका छन् ।

खोपको विश्वभरबाट उच्च माग भएको हुँदा कतारमा सुरुमा बिरामीहरूलाई प्राथमिकता दिने र क्रमशः व्यक्ति, परिवार तथा समुदायमा उपलब्ध गराईने भएको छ । कतारमा हाल सम्म १ लाख २६ हजार भन्दा बढी कोरोनाका सङ्क्रमित फेला परेका छन् । जसमध्ये १ लाख २३ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरी सकेका छन् । कोरोनाका कारण २१६ जनाको मृत्यु भई सकेको छ जसमा १८ जना नेपाली नागरिक रहेका छन् ।

You might also like

Comments are closed.