दोलखाका निजी विद्यालयले ५ महिनाको शुल्क नलिने जनाएको छ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) दोलखाका अनुसार जिल्लाभर रहेका ३३ वटा बोर्डिङ स्कुलले वैशाख महिना देखि भदौ महिना सम्मको कुनै पनि शुल्क नलिने भएको हो ।
असोज ७ गतेबाट दोलखाका विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै यो निर्णय गरिएको प्याब्सन दोलखाका अध्यक्ष पर्वत थापाले जानकारी दिनुभयो । यो अवधिमा विद्यार्थीले कुनै पनि माध्यमबाट कक्षा लिन नपाएकाले मासिक शुल्क लगाएतका शुल्क नलिने निर्णय गरेको थापाको भनाइ छ ।
असोज महिना यता भने जिल्लाका अल्पाइन पब्लिक स्कुल, द राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल, माउन्ट भ्याली एकेडेमी, एपेक्स इन्टरनेशनल बोर्डिङ स्कुल लगाएतले अनलाइन कक्षा सञ्चालन गरेको छ । अनलाइन कक्षा लिने विद्यार्थीले भने मासिक शुल्क तिर्नुपर्नेछ ।
दोलखा जिल्लाको विभिन्न स्थानमा ३३ वटा बोर्डिङ स्कुल सञ्चालनमा छन् ।
Comments are closed.