बुटवल/ ५ नम्बर प्रदेशको प्रदेश सभा बैठकमा सोमबार सार्वजनिक सम्पत्ति तोडफोड गर्ने सांसदहरुको तीव्र आलोचना भएको छ।

यी सांसदहरु संसदीय मर्यादाविपरीत प्रस्तुत भएर तोडफोडमा उत्रिएको भन्दै सामाजिक सञ्जालमा धेरैले आपत्ति जनाएका छन्। नीति निर्माण तहमा पुगेका जनप्रतिनिधिहरुबाटै यस्ता अशोभनीय गतिविधि भएकोमा धेरैको असन्तुष्टि छ।
सांसदहरुले भने प्रदेश सरकारले एकलौटी रुपमा प्रस्ताव ल्याएको र आफूहरुलाई बोल्न नदिएपछि विरोधमा उत्रिनुपरेको बताएका छन्।कांग्रेस सांसद अष्टभुजा पाठकले मन्त्रीजस्तो व्यक्तिले विपक्षी सांसदलाई घिस्याएर बाहिर निकाल्न मर्यादापालकलाई आदेश दिएपछि आक्रोशित भएको बताए। उनले भने, ‘मन्त्रीले यस्तो आदेश दिन मिल्छ?’
उनले अगाडि भने, ‘८७ जना सांसदको हाउसलाई लुकाएर प्रस्ताव ल्याइयो। अनि विपक्षीलाई आफ्नो माग राख्ने मौका पनि दिइएन। त्यसैले हामी आवेशमा आएका हौं।’ उनले विशेष समितिको सिफारिस उल्लंघन गरिएको र विपक्षीको कुरा पनि सुन्ने धैर्य देखाइएपछि तोडफोडमा उत्रनुको विकल्प नरहेको बताए।
उनले विशेष समितिको सिफारिस उल्लंघन गरिएको र विपक्षीको कुरा पनि सुन्ने धैर्य देखाइएपछि तोडफोडमा उत्रनुको विकल्प नरहेको बताए।तोडफोडबाट समस्या समाधान हुन्छ त भन्ने जिज्ञासामा उनले भने, ‘यो त सत्ता पक्षले जान्ने कुरा हो, हामीलाई बोल्न दिनुको साटो मन्त्रीले घिसारेर बाहिर निकाल्ने भनेपछि के गर्ने?’
तोडफोडबाट समस्या समाधान हुन्छ त भन्ने जिज्ञासामा उनले भने, ‘यो त सत्ता पक्षले जान्ने कुरा हो, हामीलाई बोल्न दिनुको साटो मन्त्रीले घिसारेर बाहिर निकाल्ने भनेपछि के गर्ने?’ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले बैठकमा प्रस्तावका बारेमा बोल्दै गर्दा विपक्षी सांसदहरुले नाराबाजी जारी राखेका थिए। सोही क्रममा मन्त्री केसीले मर्यादापालकलाई सम्बोधन गर्दै भनेका थिए, ‘‘घिसारेर निकालिहाल्नुस्।’
एकतर्फी रुपमा ल्याइएको प्रस्ताव सच्याउनुपर्ने माग उनीहरुको थियो। सत्तारुढ दलले भालुवाङकै पक्षमा मतदान गर्नुपर्ने ह्विप जारी गरेपछि प्रतिपक्षी मात्र होइन, कतिपय सत्तापक्षका सांसद पनि असन्तुष्ट देखिएका थिए। सांसदहरुलाई स्वतन्त्र रुपमा मतदान गर्न दिनुपर्ने माग उनीहरुको थियो।
विपक्षी सांसदहरूले आफू बसेको कुर्सी उठाएर टेबुलमा हानेका थिए। उनीहरुले माइकसमेत भाँचेका छन्। सांसदहरुले बैठकमा हुलहुज्जत गर्न थालेपछि सभामुखले मर्यादापालकलाई नियन्त्रण गर्न कडा निर्देशन दिएका थिए।
तोडफोडमा उत्रनेमध्येका एक सांसद हुन् अष्टभुजा पाठक। प्रदेश संसदको सामाजिक विकास समितिका सदस्यमेत रहेका उनी रुपन्देही ४ (क) बाट प्रदेश सभामा विजयी भएका हुन्।
त्यस्तै अर्का सांसद हुन् बैजनाथ कलवार। उनी पश्चिम नवलपरासी –२ (ख) बाट निर्वाचित सांसद हुन्। कलवार प्रदेश सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य हुन्।
तोडफोडमा उत्रने सांसद वसी उद्दीन खाँ रुपन्देही ४ (ख) बाट निर्वाचित भएका हुन्। उनी पनि सार्वजनिक लेखा समितिका सदस्य छन्।
Comments are closed.