‘प्रदेशको नाम जाति, भाषाबाट राख्न नहुने कहाँको संघीयता हो?’: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रदेशका नाम जात, भाषाको पहिचानमा आधारमा नराखिएको भन्दै टिप्पणी गरेका छन्।
उनले ट्वीटमार्फत प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने? भन्दै प्रश्न गरेका छन्। उनले अन्य देशको उदाहरण दिदैँ जाति, भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने? भन्दै प्रतिप्रश्न गरेका छन्। भट्टराईले लेखेका छन्,‘
अमेरिकामा अलाक्सा, अरिजोना, उताह, भारतमा तामिलनाडु, बंगाल, पंजाब आदि अधिकांश जाति/भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने?’
उनले भूपी शेरचनलाई सम्झँदै लेखेका छन्, ‘हिजो मगरात,तमुवान,ताम्सालिंग, नेवा: स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी,गण्डकी,बागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो : ‘मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न झन् गाह्रो छ!’ सरी लली रोका, सुरेश वाग्ले..!’
नेपालमा भूगोल र नदीको आधारमा प्रदेशको नामाकरण गरिएको छ। जसअनुसार प्रदेश नं. ३ ले बागमती, प्रदेश नं. ४ ले गण्डकी, प्रदेश नं. ५ ले लुम्बिनी, प्रदेश नं ६ ले कर्णाली, प्रदेश नं. ७ले सुदूरपश्चिम नामाकरण गरेका छन् भने प्रदेश नं. १ र २ को नामाकरण हुन बाँकी रहेको छ।
जनता समाजवादी पार्टीले मंगलबार प्रदेश ५ को नामकरण ‘अवध–थारुवान–मतरात’ राख्ने पक्षमा मत दिने गरी संशोधन दर्ता गराएको थियो।
यसै बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन् ।
गृह जिल्ला ताप्लेजुङ आएका मन्त्री भट्टराईले सुकेटार विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, “कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमशः निश्चित सङ्ख्यामा खोल्दै लैजाने सरकारको तयारी छ ।”
मन्त्री भट्टराईले आगामी मन्त्रिपरिषद्को बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्ने प्रस्ताव लैजाने र पारित भएमा कात्तिकको शुरुदेखि क्रमशः खोल्दै लाने ।
मन्त्री भट्टराईले ओलाङचुङ्गोलास्थित बिओपीको उद्घाटन गरेका थिए ।
Comments are closed.