Nepal's First Video FM

आज बिहीबारको कुन राशिका लागि कति शुभ ?

8

वि.सं.२०७७ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर ०८ तारिख । नेपाल संवत् ११४० ।
काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४० मिनेट । दिनमान २९ घडी ०९ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मायाप्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउनेछ । बिद्यामा अरुभन्दा पछी परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुदा मनमा निरासा पैदा हुनेछ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा गिरावट आउनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धन लाभ हुनेछ
मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह) सुख आरोग्यता बढ्ला।यात्रामा सफलता मिल्नेछ।धनको पक्ष बलियो बन्नेछ।ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ। वार्तामा सफलता मिल्नेछ।मिठो भोजन मिल्नेछ।धर्मकर्ममा रुचि बढ्नेछ।ख्याति फैलिनेछ।रोकिएको काम बन्ला र नयां कार्य पनि बन्नेछ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भागदौड भैरहला।कठोर परिश्रमले समस्याको समाधान मिल्नेछ।नियमकानूनलाई ध्यानमा राख्नुपर्ला।ईष्टमितको सहयोग प्राप्त होला।विजयश्री मिल्नेछ।स्वास्थ्यमा ध्यान दिनु पर्ला।ऋण रोग र शत्रुलाई उपेक्षा गर्नु उचित हुनेछैन।

सिंह– (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ग्रहगोचर शुभ फलदायक रहला।धन सम्पत्ति मान महत्व बढ्नेछ।मिठो भोजन मिल्नेछ।खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ। बौद्धिक र रचनात्मक काम बन्नेछ।सुख आनन्दमा आकर्षण बढ्ला। पारीवारिक सुख बढ्ला।

कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) देखा परेको समस्याको समाधान मिल्नेछ।आयस्रोत बढ्ला।लगानी उठ्ला। ऋण रोग र शत्रुसित लड्ने क्षमता बलियो हुनेछ।प्रसिद्धि फैलिनेछ।धन यश मान प्रशंसा बढ्ला। यात्रा होला।प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ।

तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा सफलता मिल्नेछ।धन सम्पति बृद्धि होला।सुख आनन्द बढ्नेछ।लेखन प्रकाशनसित सम्बन्धित काम तथा बौद्धिकता र रचनात्मकतासित सम्बन्धित कार्यमा सफलता मिल्नेछ।वार्तामा सफल हुनुको साथै विजयी पनि हुनु हुनेछ। ऐश्वर्य तथा उत्साह बढ्ला।

वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हांसविलासमा रुचि बढ्ला।कठोर परिश्रमले मनोकूलको काम बन्नेछ।वार्तामा सफलता पाउनु हुनेछ।धन सम्पत्ति बढ्नेछ तर अत्यन्तै बढी प्रयास र प्रयत्नले।बिबादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन।विकासको नयां सम्भावना देखा पर्ला।आशा उत्साह बढ्नेछ।

धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) भय भ्रम खर्च आदिमाथि नियन्त्रण बढ्ला।नियमकानूनले साथ दिनेछ।विकासको नयाँ सम्भावना देखा पर्ला।आशा उत्साह बढ्ला। स्वास्थ्यमा सुधार आउनेछ।यात्रामा सफलता प्राप्त होला।धनसम्पत्ति ऐश्वर्य बढ्नेछ।हांसविलासमा आकर्षण बृद्धि हुनेछ।

मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अन्न धन बढ्नेछ।सुख आनन्द बढ्ला।आयस्रोत बढ्ला।रोकिएको धन प्राप्त होला।दूर देशबाट शुभ समाचार प्राप्त होला।मिठो भोजन मिल्नेछ।रसरागमा रुचि बढ्ला।मान सम्मान बढ्नेछ। पारिवारिक सुख शांति बढ्नेछ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द)कार्यमा सफलता प्राप्त होला।उन्नति पदोन्नति हुनेछ।रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ।नयां कार्यमा सफलतासंगै नयां दायित्वको पनि प्राप्ति होला।आफन्तको सहयोग मिल्नेछ।ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला।आरोग्यता बढ्ला।मिठो भोजन मिल्नेछ।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) प्रेममा सफलता मिल्नेछ।बौद्धिक र रचनात्मक कार्य बन्लान्।दूरदेशको यात्रा होला।हांसविलासमा रुचि बढ्नेछ।खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ।यश वर्चश्वमा बृद्धि होला।ख्याति फैलिनेछ।मान पुरस्कार प्राप्त होला।आँट उत्साह बढ्नेछ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.