Nepal's First Video FM

ट्रम्पले भने : चीनका कारण मलाई कोरोना भयो, र्ईश्वरको आशीर्वादले

32

कोरोना भाइरसका कारण चार दिनसम्म अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन्
अस्पतालबाट फर्किएपछि उनले एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्। भिडियोमा उनी विना मास्क देखिएका छन्। भिडियोमा ट्रम्पले मास्क लगाएका छैनन् ।

करिब ५ मिनेट लामो भिडियोमा उनले भनेका छन्, ‘म मान्छु भगवानका कृपाले मलाई कोरोना भयो। यो भगवानको आशिर्वाद हो। एक लुकेको आशिर्वाद। म विलकुलै ठिक भएको छु। म चाहन्छु हरेक अमेरिकी नागरिकलाई राष्ट्रपतिको जस्तै उपचार होस्।’

ट्रम्पले यस भिडियोमा पनि चीनप्रति निशाना साँधेका छन् । ‘मलाई चिनियाँ भाइरसको संक्रमण भयो । यसमा तपाईंहरुको गल्ती छैन । यो चीनको गल्ती हो र यसको मूल्य उसले चुकाउनुपर्छ ।’
ट्रम्पका चिकित्सकहरुका अनुसार उनका २४ घण्टाभन्दा धेरै समयदेखि कोभिडको कुनै लक्षण देखिएको छैन र विगत चार दिनदेखि उनलाई ज्वरो पनि आएको छैन ।

डाक्टर सिन कोनले शुक्रबार अस्पताल पुगेपछि ट्रम्पलाई अतिरिक्त अक्सिजनको जरुरी पनि नपरेको बताएका छन् । यसअघि ट्रम्पले आफूले राम्रो महसुस गरिरहेको प्रतिक्रिया दिएका थिए । ह्वाइटहाउसका अनुसार ट्रम्प कामका लागि ओभल अफिस आउन थालिसकेका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.