Nepal's First Video FM

प्रधानमन्त्रीका तीन सल्लाहकार सङ्क्रमणमुक्त

286

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त भएका छन्। उनीहरुको बिहीबार पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनीहरु सबैलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो।

सल्लाहकार थापाका अनुसार उनीहरुका परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ। उनले सामाजिक सञ्जालमा भनेका छन्– ‘हामीले कोरोना सङ्क्रमण सात दिन बित्दानबित्दै जित्न सकेका छौँ। हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी र कृतज्ञ छौँ।

यस्तै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या १ लाख नाघेको छ । २४ घन्टामा देशभर २ हजार ४९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या १ लाख ६ सय ७६ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयले आज (शुक्रबार) नियमित पत्रकार सम्मेलनमार्फत १ लाख ६ सय ७६ पुगेको जानकारी दिएको हो । आज २०५९ जना थपिएका संक्रमित मध्ये ७३२ जना महिला र १३ सय २७ जना पुरुष रहेका छन् ।

अहिलेसम्म देशभर संक्रिय संक्रमितको सख्या २७ हजार ५३ रहेको छ । दिन–प्रतिदिन संक्रमित बढ्दै जाँदा काठमाडौं उपत्यकामा थप जोखिम बढेको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका ११ सय १६ जना, ललितपुरका १ सय ६३ जना र भक्तपुरका १ सय ३० जना रहेका छन् । त्यस्तै, कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ६ सय पुगेको छ । आजमात्र १० जना संक्रमितको निधन भएको हो ।

You might also like

Comments are closed.