११ माघ, काठमाडौं । अप्रत्यासित हार व्यहोर्दै रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।बुधबार राति भएको खेलमा रियल मड्रिडले दोस्रो लेगमा २-१ को हार व्यहोरेको छ । पहिलो लेगमा रियल १-० ले विजयी भएको थियो र समग्रमा २-२ को बराबरी भएपनि अवे गोलका आधार बाहिरिएको छ ।
बेर्नाबाउमा भएको खेलमा लेगनेसले ३१ औं मिनेटमा इरासोको गोलबाट अग्रता लिएको थियो ।दोस्रो हाफको सुरुमा नै करिम बेन्जिमाले बराबरी गोल फर्कायो । तर, ५५ औं मिनेटमा एपेल पीयर्सले गोल गर्दै लेगनेसलाई २-१ को जित दिलाए ।यो हारसँगै अवे गोलका आधारमा १९ पटकको च्याम्पियन रियल मड्रिड क्वार्टरफाइनलबाटै बाहिरिएको छ । रियल ला लिगामा पनि चौथो स्थानमा छ भने च्याम्पियन्स लिगको नकआउट चरणमा पीएसजी प्रतिद्वन्द्वी पाएको छ ।
Comments are closed.