संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् ।
उनले भनेका छन गत सोमबार कोरोना परीक्षण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौंबाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ । शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महसुस भयो । शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वरोबाहेक अरू समस्या देखिएको छैन । केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छु । होसियार रहनु र परिआएमा सामना गर्नुबाहेक के नै पो विकल्प छ र ?
Comments are closed.