Nepal's First Video FM

आकस्मिक बाहेक अपरेसन नगर्नू , अस्पताललाई सरकारको निर्देश

282

२६ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेसन नगर्न निर्देशन दिएको छ ।

लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो । यसले कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यस्तै ठमाडौं उपत्यकामा आज एकै दिन २२ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४ हजार ४७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २२ सय ८३ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १४ हजार ५ सय ३० जनाको पिसीआर परिक्षणमा ४ हजार ४७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १४७३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ७७ हजार २ सय ७७ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १८८८ जना र ललितपुरका २७७ जना र भक्तपुरका ११८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

You might also like

Comments are closed.