Nepal's First Video FM

राजन राज र मिलनको ‘ताल्चा लगाउ’ सार्वजनिक

487

काठमाडौं : गायिका मिलन नेवार र राजन राज सिवाकोटीको नयाँ गीत ‘ताल्चा लगाउ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

राजन राजकै शब्द तथा संगीत रहेको गीतमा मार्मिक र मनछुने शब्दहरु समेटिएका छन् । भिडियोमा गायिका मिलन, गायक राजनराजका अलवा दिनेश काफ्ले समेत देखिएका छन् । गीतको भिडियो भने राजेश पुमा राईको निर्देशन रहेको छ । दिक्षित पौडेलको एरेन्ज रहेको उक्त गीतको नृत्य निर्देशन भने सुमन नेवारले गरेका छन् ।

यस्तै गुल्मेली गायक तथा सर्जक, नेपाली गीत संगीतमा एउटा गहकिलो तथा निकै सुरिलो आवाजका धनी गायक तथा गुल्मी लोकतारा भनेर चिनेनी लोक दोहोरी गायक विष्णु सिंजाली मगरले आफ्नो मार्मिक गीत ‘सानु तिम्रो मनको’ नामक नयाँ भिडियो बजारमा लिएर आएका छन् ।

स्वरमा भने नेपाली लोक दोहोरी गीत संगीतमा चर्चा कमाउन सफल भैसकेकी लोक दोहोरी गायीका देवी घर्ती मगरले यस गीतमा विष्णु सिंजाली मगरलाई साथ दिएकी छन् । गीतको लय विष्णु सिंजाली मगरको र शब्द होम राना र बसन्त रानाको रहेको छ ।

गीतको भिडियोमा सुबास पाण्डे, रिना बस्नेत,सुशान्त परियार, जीतवहादुर थापा, प्रदीप गैरे,भावना भट्टराई, पारस पाण्डे,संजय पाठक लगायतको सशक्त अभिनय देख्न सकिन्छ । आशिका प्रोडक्सनको युट्युब च्यानल बाट सार्वजनिक गरिएको भिडियो सानु तिम्रो मनको छायांकन आशिका प्रोडक्सनले र निर्देशन शिव भट्टराईले गरेका हुन् ।

गीतको मर्म अनुसार भिडियो निमार्ण भएका कारण र गीत अनुसार भिडियो पनि ज्यादै मार्मिक बनेको हुनाले आम दर्शक स्रोताको मन जित्न सफल हुने गायक मगरको भनाइ छ ।

अहिले सम्म विष्णु सिंजाली मगरले ३ वटा गीतमा स्वर दिइसकेका छन् भने धेरै गीतहरुका शब्द संगीत समेत गरेका छन् । भिडियोको छाँयाकन पाल्पा र स्याङ्गजा जिल्लामा गरिएको छ ।

You might also like

Comments are closed.