Nepal's First Video FM

कंगनाविरुद्ध ‘एफआरआई’ दर्ता गर्न अदालतको आदेश

413

न्युज एजेन्सी । ट्विटमा आपत्ति जनक कुरा लेखेको भन्दै भारतीय अभिनेत्री कंगनाविद्ध उजुरी दर्ता गर्न अदालतले आदेश दिएको छ । कर्नाटकको तुमाकुरुस्थित न्यायिक मजिस्ट्रेट अदालतले अभिेनत्री कंगना रनौतविरुद्ध उजुरी (एफआरआई) दर्ता गर्न आदेश दिएको हो ।
कंगनाले गरेको एक ट्विटका कारण दिइएको हो अदालतले सो आदेश दिइएको हो । सो ट्विटमा कंगनाले कृषि विधेयकको विरोधमा उत्रिएका किसानविरुद्ध आपत्तिजनक कुरा लेखेकी छिन्।

गत सेप्टेम्बर २१ म कंगनाले किसानले गरेको प्रदर्शनविरुद्ध एक ट्विट गरेकी थिइन्, तर त्यो विवादित बनेपछि उनले सो ट्विट डिलिट गरेकी थिइन्। न्युज एजेन्सी पीटीआईका अनुसार यो आदेश अधिवक्ता रमेश नाइकको निवेदनअनुसार अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उजुरी दर्ताका लागि अदालतले आदेश दिएको हो।

यस्तै नेहा कक्कडले हालै रोहनप्रीत सिंहसँगको आफ्नो सम्बन्धबारे पुष्टि गरेकी छिन् । नेहाले आफ्नो सम्बन्ध पुष्टि गरेपछि अब आदित्य नारायणले पनि श्वेता अग्रवालसँगको आफ्नो सम्बन्ध पुष्टि गरेका छन् ।

आदित्यले भारतीय सञ्चार माध्यम ई टाइम्ससँगको कुराकानी आफ्नी प्रेमिकाबारे जानकारी दिएका छन् । उनले भने, ‘मैले श्वेतालाई फिल्म श्रापितको सेटमा भेटेको हुँ र हामीबीच राम्रो बन्डिङ भयो । त्यसपछि बिस्तारै मेरो श्वेतासँग प्रेम बस्यो । सुरुमा उनी साथी मात्र बन्न चाहन्थिन् किनभने हामी साना नै थियौं र आफ्नो करियरमा केन्द्रीत हुन चाहन्थ्यौं । प्रत्येक सम्बन्ध झैं हाम्रो पनि सम्बन्धमा निकै उतार–चढाव आए । मेरो आमा–बुवालाई श्वेता निकै मनपर्छ । हाम्रो विवाह नोभेम्बर–डिसेम्बरमा हुनसक्छ


आदित्यले थपे, ‘मलाई याद छ कि वर्षौं अघि मेरो र श्वेताको ब्रेकअप भएको छ भनेर मानिसहरुले अनुमान लगाउन थालेका थिए । त्यसैले श्वेतासँग कतै बाहिर जान मुश्किल भएको थियो । मलाई थाहा छ कि सम्बन्धमा समस्या आउँछन् तर यसको यो अर्थ होइन कि सबैकुरा समाप्त भयो । आजकाल विवाह निकै छिटो टुट्ने गर्छ र हामीले एक–अर्कालाई राम्रोसँग चिन्ने कोसिस गरिरहेका थियौं । त्यसैले यत्तिका वर्षको सम्बन्धपछि अब हाम्रो विवाह गर्ने समय आएको छ ।’

नेहाको विवाह बारे प्रश्न सोध्दा उनले भने, ‘सायद म नेहाको विवाहमा जान पाउँदिन होला किनभने मेरो काँधमा चोट लागेको छ ।’नेहालाई दिएका थिए बधाईः नेहालाई दिएका थिए बधाईः

नेहाले आफ्नो सम्बन्धबारे खुलासा गरेपछि आदित्य नारायणले बधाई दिएका थिए । आदित्यले दुबैको फोटो सेयर गर्दै लेखेका थिए, ‘नेहा कक्कड र बेबी ब्रो जो अब ह्यान्डसम भइसकेका छन् । ’

You might also like

Comments are closed.