Nepal's First Video FM

त्रिविको स्थगित परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन हुने

320

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को व्यवस्थापन सङ्कायले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन गर्ने भएको छ । सेमेस्टर प्रणालीअन्तर्गत स्थगित परीक्षा मङ्सिर तेस्रो साताबाट सञ्चालन गर्ने निर्णय गरिएको जानकारी त्रिविविको व्यवस्थापन सङ्कायले दिएको छ ।

सरकारले तय गरेको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनुसार परीक्षा लिने जनाइएको छ । त्रिविको असोज ६ गतेको बैठकले स्थगित गरिएका परीक्षा अनुकूलता हेरी सम्बन्धित डिन कार्यालयले सञ्चालन गर्न सक्ने अधिकार दिएपछि स्थगित परीक्षाको कार्यतालिका निकालिएको सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

You might also like

Comments are closed.