Nepal's First Video FM

सलमान खानले आफ्नो विवाहको बारेमा गरे यस्तो खुलासा

318

एजेन्सी – बिग बोस १४ को पहिलो हप्ताको अन्त्यमा सलमान खानले ‘विकेण्ड वार’ को होस्ट गरे । जसमा सलमान खानले बिग बोसको घरमा बसेकाहरुको क्लास लिए । उनले मस्ती मजाक पनि गरे । साथै, उनले बिग बोसको घरमा रहेकी निक्की तंबोलीसँग अलि बढी झुकाव समेत देखाए ।

सलमान खानले बिग बोसको घरमा रहेका सदस्यहरुसँग मजाक पनि गरे । उनले सिद्धार्थ शुक्लालाई जिस्क्याउँदै उनी छिट्टै विवाह गर्दैछन् भनेपछि हिना खानले सोधिन्, ‘केटी को हुन् ? र विवाह कहाँ गर्दैछन् ?

सलमान खानले सिद्धार्थको विवाह बालिका वधूमा उनको विवाह हुँदैछ । उनको जवाफमा हिना खानले आफू सिद्धार्थको विवाह हुने खबरले आफू निकै रोमाञ्चित भएको र कपडा बनाउने र नाँच्ने सम्मको सपना बुनेको बताउँदै हिनाले सलमानलाई विवाह गर्न आग्रह गरिन् । हिनालाई जवाफ दिँदै सलमानले आफ्नो विवाह गर्ने उमेर बितिसकेको बताए । उनले झन्झट मान्दै जसको विवाहको कुरा आए पनि आफ्नो विवाहको बारेमा सोधिने प्रश्नले वाक्क भएको समेत बताए । 

यस्तैमा, सलमानले स्क्रिनमा एउटा क्लिप देखाउँदै सन् २०११ सम्म उनी केटी हेर्न जाने गरेको खुलाए ।

You might also like

Comments are closed.