Nepal's First Video FM

आकाश श्रेष्ठको ‘हिजो जस्तो लाग्छ’

451

काठमाडौं २७ असोज । गायक दावा गुरुङ र गायिका वानिका प्रधानको स्वरमा रहेको ‘हिजो जस्तो लाग्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा शब्द , संगीत स्वयम् गायक दावा गुरुङको रहेको छ। यस गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा विवाहित जोडीको पहिलो डेटिङ र जिन्दगीका रमाइला पलहरुको स्मरण गरिएको छ। भिडियोमा आकाश श्रेष्ठ र गरिमा शर्माले अभिनयगरेका छन् ।

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

यस्तै राजेश हमाल, प्रकाश सपूत र वर्षा सिवाकोटी एकै ठाउँ छम छम नाचे लोकदोहोरी गत ‘मञ्जरी सार्वजनिक भएको छ।

लोकगायिका देवी घर्ती मगर र प्रकाश पराजुलीको नयाँ लोकदोहोरीमा यी तीन कलाकारको जमघट भएको हो। नायक राजेश हमालले
चलचित्रको काम सुरु नभएपछि म्यूजिक भिडियोमा काम गर्ने मन बनाएका हुन् । उनै, हमालसँग लोकगीतको भिडियोमा नायिका वर्षा सिवाकोटीले काम गरिन् ।

र्षाले भने नायक राजेश हमालसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । तर, म्यूजिक भिडियोमा एकसाथ काम गर्नका लागि हमालले नै नायिका सिवाकोटीलाई रोजेका थिए । हमालको रोजाइमा नायिका सिवाकोटी किन परिन् त ? वुझिएअनुसार, कुनै पनि विवादमा नपरेको भन्दै हमालले सिवाकोटीलाई रोजेका थिए ।

हमाललाई अफर गर्न गएको ‘मञ्जरी’ गीतको टिमले विभिन्न मोडलको नाम अगाडि सारेको थियो । म्यूजिक भिडियोमा नाम चलेका मोडलहरुको नाम अगाडि सार्दा हमालले वर्षालाई रोजे हुन। यो गीतको भिडियो देवेन्द्र बब्लुले निर्देशन गरेका हुन्। गीतमा मौसम हिमालीको कोरियाग्राफी छ।

You might also like

Comments are closed.