Nepal's First Video FM

‘रिपब्लिक टिभी’ र ‘टाइम्स नाउ’ विरुद्धमा सलमान–शाहरुख, अजय लगाएेत बलिउड कर्मीको मुद्दा दायर

443

एजेन्सी, २७ असोज । बलिउडका केही चर्चित हस्तीले सुशांत सिंह राजपूतको आत्महत्याको विषयलाई लिएर गैरजिम्मेदार रिपोर्टिङ गरेको भन्दै केही सञ्चारगृहविरूद्ध मुद्दा दायर गरेका छन् ।

लिउड कलाकार सुशान्त सिंह राजपुतको केस लागुऔषधको विषयमा अहिले पनि अनुसन्धान चलिरहेको छ, जसमा केही ठुला बलिउड कलाकारको नाम जोडिएको थियो । ३४ जना फिल्म निर्माताहरुले दिल्लीको उच्च अदालतमा केही मिडीया हाउसको विरुद्धमा एक केस दर्ता गरेका छन् ।

समाचार अनुसार १२ अक्टोबरमा दिल्ली उच्च अदालतमा मुद्दा दायर गरिएको हो । चार बलियड उद्योग र ३४ फिल्मनिमाृताले रिपब्लिक टीवी, अर्णब गोस्वामी च्यानलका प्रदीप भन्डारी र टाइम्स नाउ राहुल शिवशंकर र नाविका कुमारको विरुद्धमा मुद्दा दर्ता गराएका हुन् ।
च्यानल र सामाजिक सञ्जाल मिडिया प्लेटफर्म बलिउड र उसको सदस्यको बारेमा गैरजिम्मेवार, अपमानजनक र मानहानिकारक टिप्पणी गर्नबाट जोगिन पनि भनिएको छ ।

केस फाइल गर्नेमा शाहरुख खानको रेड चिलिज एन्टरटेनमेन्ट, सलमान खानको फिल्म्स, अमिर खान प्रोडक्शन, अजय देवगन फिल्म्स, करण जौहरका धर्मा प्रोडक्सन र फरहान अख्तरका एक्सेल एन्टरटेनमेन्ट सहभागी छन् । बलिउड कलाकारहरुको मानहानि हुने किसमिका टिप्पणी टेलीकास्ट गरेकोमा आपत्ती गर्दै नियन्त्रणमा राख्नुपर्ने मुद्दामा भनिएको छ ।

साथै कलाकारहरुको अधिकार पनि हनन भएको जानकारी समेत दिउको छ । निर्माताहरुले मुद्दामा बलिउडका कलाकार सम्बन्धि पोस्ट भएका अपमानजनक विषय वस्तु हटाउनु पर्ने माग राखेको छ । केही न्युज च्यानलले बलिउड फिल्म उद्योगमाथि नराम्रो र लागुऔषध लिने जस्ता शब्दको प्रयोग गरेका थिए

यस्तै नायिका सना खानले बलिउड छाड्ने निर्णय गरेकी छिन् । ‘बीग बोस ६’मा सहभागी भएर चर्चा पाएकी सनाले चलचित्र ‘जय हो’मा नायक सलमान खानसँग काम गरेकी थिइन् ।


सनाले रंगिन दुनियाँ छाडेको र अब मानवताको सेवामा काम गर्ने उल्लेख गरेकी छिन् । उनले आफ्ना निर्माता अर्थात अल्लाहको आदेश पालना गर्ने पनि बताएकी छिन् । सनाले लेखेकी छिन्–‘आज म आफ्नो जिन्दगीको निकै नै संवदेनशिल मोडमा छु । म लामो समयदेखि ग्ल्यामर क्षेत्रमा छु र यसले मलाई नाम, दाम सबै दिएको छ । तर, केही समयदेखि मलाई एउटा सोचले घेरेको छ, त्यो के भने के मानिस यो दुनियाँमा आउनुको कारण नाम र दाम मात्र हो ? के दुःखी र गरिबको लागि काम गर्ने जिम्मेवारी मानिसको होइन ? के मानिसले यो सोच्न जरुरी छैन कि कतिबेला उसको मृत्यु हुन्छ ? उ मरेपछि के बन्छ ? यी दुई प्रश्नले मेरो दिमागमा कब्जा जमाएको छ । मलाई यो कुरा थाहा भएको छ कि, यो जिन्दगी मरेपछि जिन्दगीलाई उत्कृष्ट बनाउनका लागि नै हो ।

सनाले ग्ल्यामर दुनियाँ छाडेर आफूलाई जन्माउने अल्लाहको आदेश अनुसार अगाडि बढ्ने निर्णय गरेको उल्लेख गरेकीछिन् । उनले, आफूलाई ग्ल्यामर दुनियाँको कुनै पनि कामका लागि अफर नगर्न अपिल गरेकी छिन् ।

सनाले सन् २००५ मा हिन्दी चलचित्र ‘यही हे हाई सोसाइटी’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । यसपछि उनले बलिउड, मलयालम, तमिल, तेलुगु, कन्नड जस्ता चलचित्र नगरीमा काम गरिसकेकी छिन् ।

You might also like

Comments are closed.