Nepal's First Video FM

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

14

पोर्चुगल तथा युभेन्टसका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको छ । पोर्चुगलको फुटबल फेडेरेसनलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार मंगलबार गरिएको परीक्षणमा उनलाई पोजिटिभ देखिएको हो ।

संक्रमण भएसँगै रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय टिमबाट अलग गर्दै होम आइसोलेसनमा पठाइएको छ।

३५ वर्षीय रोनाल्डोलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको पोर्चुगिज फुटबल फेडेरेसनले जनाएको छ। पोर्चुगल टीमका अन्य सदस्यमा भने कोरोना नदेखिएको समाचारमा जनाइएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.