एजेन्सी, तपाईं हामी मध्य कती जनले ट्रेन को अनुभब गरेका छौ,नेपालमा ट्रेन को सुबिधा नभएकोले हामीहरु बिदेश जादा ट्रेन चढेको अनुभब पक्कै होला ।
विश्वमा एती धेरै लग्जरी ट्रेनहरु छन, खान बास्न देखी लियर सबै सुविधाहरु हुन्छ,तेसमा पनि ट्रेनहरु विभिन्न किसिमका हुन्छन् ।भारतको राजस्थानको सुपर लग्जरी ट्रेन प्लेस अन ह्वील्सलाई विश्वकै दोश्रो लग्जरी ट्रेनको रुपमा मानिन्छ । यस ट्रेनमा यात्रुलाई आरामदायी सुविधाहरु छन् ।
भारतको यस लग्जरी ट्र्रेनको शुरुवात २६ जनवरी सन् १९८२ बाट भएको हो । यसमा यात्रा गरेको भारतीय ७.४६ लाख, ४.२६ लाख र ३.२० लाख रुपैयाँ तिर्नुपर्छ । यसलाई तीन बेड केबिन, सिंगल बेड केबिन र डबल बेड बेबिन रहेका छन् ।
विश्वकै पहिलो लग्जरी ट्रेन भने यूरोपको ओरिएन्ट एक्सप्र्रेस रहेको छ । यस ट्रेनमा यात्रा गरेको पनि महँगो मूल्य तिर्नुपर्छ
विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर ११ मा बेचिने भएको छ । रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई स्थानीय समयअनुसार सोमबार जानकारी गराएका हुन् ।
‘गुलावको आत्मा (द स्प्रिट अफ द रोज)’ नाम दिइएको उक्त १४.८३ क्यारेटको हिराको मूल्य दुई करोड ३० लाखदेखि तीन करोड ८० लाख अमेरिकी डलर पर्ने अनुमान गरिएको अमेरिकी पाक्षिक पत्रिका फोर्ब्सले जनाएको छ । लिलामीका लागि राखिएको उक्त रत्न विश्वभर पाइने अन्य बहुमूल्य धातुको दुई प्रतिशत मात्रै रहेको अनुमान गरिएको छ ।
“यो बिक्री एलोरोसा र सोथेबीबीच लामो समयसम्मको सम्बन्धको परिणाम हो, यस उत्कृष्ट धातुको बारेमा धेरै महिनासम्म छलफल भएको थियो र छलफलले यसलाई बिक्रीको लागि प्रस्ताव गर्ने उत्तम तरिका भएको निश्कर्ष निकालेको थियो,” विशेषज्ञ र सोथेबीको ज्वेलरी विभागका निर्देशक तथा ज्वेल्स बिक्री प्रमुख बेनोइट रिपेलिनलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
गोलाकार आकारको उक्त मणि २७.८५ क्यारेटको स्पष्ट गुलाबी डायमण्डले बनेको छ । रूसको उत्तरी पूर्वी साखा गणतन्त्रमा रूसी खनिज कम्पनी अलरोसाको स्वामित्वमा रहेको खानीमा भेटिएको थियो । हीरालाई सेर्गेई डायागिलेभले निर्माण गरेपछि ‘द स्पिरिट अफ द रोज’ नाम दिइएको थियो भने सन् १९११ को अप्रिल १९ मा पहिलो पटक सार्वजनिक गरिएको थियो ।
Comments are closed.