Nepal's First Video FM

फ्रान्सको संघर्षपूर्ण जित

22

एजेन्सी । विश्वकप विजेता फ्रान्सले यूईएफए नेसन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले क्रोएसियासँग २–१ को संघर्षपूर्ण जित निकालेको हो । 

फ्रान्सको जितका लागि एन्टोइन ग्रिजम्यान र युवा स्ट्रइकर केलिएन एम्बाप्पेले एक एक गोल गरेका थिए । क्रोएसियाका लागि निकोला भ्लासिचले एक गोल फर्काएका थिए । 

खेलको आठौं मिनेटमा नै पाहुना टोली फ्रान्सले अग्रता लिएको थियो । एन्टोइन ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा घरेलु टोली क्रोएसियाले बराबरी गोल फर्काएको थियो ।

ब्रोकालोको पासमा निकोलाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । 

त्यसपछि ७९ औं मिनेटमा एम्बाप्पेले निर्णायक गोल गरे । उनले डिग्नेको पासमा निर्णायक गोल गर्दै फ्रान्सलाई २–१ को जित दिलाए । यस जितसँगै लिगको समूह सीमा रहेको फ्रान्सले चार खेलमा तीन जित र एक खेल बराबरी खेलेको छ । फ्रान्स चार खेलबाट १० अंकसहित समूहको दोस्रो स्थानमा छ । 

पराजित क्रोएसियाको भने यो तेस्रो हार हो । समान खेल खेलेको क्रोएसियाको तीन अंकसहित समूहको तेस्रो स्थानमा छ । 

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.