Nepal's First Video FM

बुढीगण्डकीको ९ अर्ब बिषयमा डा. भट्टराईले गैरजिम्मेवार अभिव्यक्ति दिएको : प्रधानमन्त्रीको स्पष्टीकरण

337

३० असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी विद्युत आयोजनाबारे गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन्

६५ औँ प्रहरी दिवसको अवसरमा नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार कुरा गरेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकीमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओलीले देश र जनतालाई गलत सूचना दिएर पूर्व प्रधानमन्त्री भट्टराईले भड्काउने कुचेष्टा गरेको समेत आरोप लगाए ।

पूर्व प्रधानमन्त्री भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली सहितका नेताले बुढीगण्डकी आयोजनामा नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दावी गरेका थिए । प्रधानमन्त्री ओलीले बलात्कारजस्ता अत्यन्त अमानवीय अपराधका विरुद्ध चाँडै नै नयाँ कानुन आउने पनि बताए ।
बलात्कारजस्ता घटनामा मिलापत्र गरेर अपराधी छाड्ने र छोडाउनेहरुलाई कानुनी कारबाहीका लागि पछि नहट्न पनि प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन दिए ।

यस्तै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुरा होइन काम गरेर देखाउन चुनौती दिएका छन्। बूढीगण्डकी आयोजनामा अर्बो अनियमितता भएको आफ्नो भनाइको प्रधानमन्त्री ओलीले खण्डन गरेपछि डा. भट्टराईले यस्तो चुनौती दिएका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमा जवाफ फर्काउँदै भट्टराईले भनेका छन्, ‘भ्रष्टाचारप्रति सॉच्चै शुन्यसहनशीलता हो भने बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षाप्रेस, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीयरनिष्पक्ष छानवीन गर्न कसले रोकेको हो त?’ उनले अगाडि भनेका छन्, ‘ कुराले हैन काम गरेर देखाउनोस्! नत्र ढॉटको कुरा खाई पत्याउनु!

You might also like

Comments are closed.