Nepal's First Video FM

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, ४३९२ संक्रमित थपिए

431

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको मन्त्रालयले बताएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३५२२ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७ सय ८४, भक्तपुरमा २४४ र ललितपुर ३७४ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ।

You might also like

Comments are closed.