Nepal's First Video FM

राजेश हमालले खेलेको दोहोरी गीत मन्जरी चोरी गरेको आरोप लागेपछि दुवैपक्ष मिडियामा,मिल्यो यसरी बिबाद

1,136

केहि दिन देखि बिबादमा रहेको महानायक राजेश हमाल अभिनित लोकदोहोरी गीत मन्जरीको बिबाद पूर्ण रुपमा टुंगिएको छ।चर्चित गायिका देवी घर्ती र प्रकाश पराजुलीले आवाज दिएको उक्त गीतको थेगो कलाकार बिर्ख बहादुर बिश्वकर्माको थेगो संग मिलेको भन्दै बिर्ख बहादुर ले लोकदोहोरी प्रतिष्ठनमा उजुरी दिएका थिए।

उक्त उजुरीलाई लिएर प्रतिष्ठानका बिकृति विसंगति न्यूनीकरणका संयोजक शिब हमालले दुवै पक्षलाई राखेर बिबाद टुंगोमा पुराएका हुन्।प्रकाश पराजुलीका अनुसार उक्त गीत संयोगबस मिलेको भन्दै यो बिबाद टुंगोमा पुगेको खुलेको छ।बिर्ख बहादुरले पनि उक्त बिबादलाई लिएर अब अन्य मिडियामा न बोल्ने अन्तरबार्ताको क्रममा भनेका छन।हेरौ यो बिशेष कुराकानी :

You might also like

Comments are closed.