फागुन १५, पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी (एनआइइसी) ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब ५० लाखको क्षति भएको छ ।
महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचौँ तलामा रहेको भान्साका सामग्री, फर्निचर, कम्प्युटर लगायत वस्तु नष्ट भएको जानकारी दिए । उक्त घटनामा मानवीय क्षति भने भएन ।
आगो नियन्त्रणमा लिन घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका थिए भने काठमाडौँ उपत्यकाका चारवटा दमकल प्रयोग गरिएको थियो ।
Comments are closed.