काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ६५ औं प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित क्रियाकलाप विरुद्ध सक्रियता र निर्भिकताका साथ खटिन सुरक्षाकर्मीलाई आग्रह गर्नुभयो । उहाँले यस्ता गतिविधितर्फ नागरिक समाज सचेत र सजक रहनु उत्तिकै जरुरी रहेको बताए ।
प्रधानमन्त्री ओलीले एसिड आक्रमणका विरुद्ध नयाँ कानून ल्याएर कडा कदम चाल्ने सरकारले अठोट लिएको जानकारी गराउँदै बलात्कार विरुद्ध पनि त्यस्तै कडा कानून ल्याइने बताए । “बलात्कारका घटना निन्दनीय र मानवता विरोधी अपराध रहेकाले त्यस्ता गतिविधि नियन्त्रणमा सरकार अझ कडा कानुन ल्याउने तयारीमा छ”, प्रधानमन्त्री ओलीले भने, “बलात्कार जस्ता घटना मिलापत्रका नाममा छोपछाप गर्ने काम सह्य हुन सक्तैन ।”
नियन्त्रणमा सरकार अझ कडा कानुन ल्याउने तयारीमा छ”, प्रधानमन्त्री ओलीले भने, “बलात्कार जस्ता घटना मिलापत्रका नाममा छोपछाप गर्ने काम सह्य हुन सक्तैन ।”
उनले यस्ता घटनामा भनसुन र सामाजिक दबाबबाट टाढा रहन नेपाल प्रहरीलाई निर्देश गरे । उनले कानून कार्यान्वयन गर्दै अपराधविहीन समाज निर्माण गर्न र दिगो शान्तिमा योगदान पुर्याउनेतर्फ केन्द्रित हुन प्रहरीलाई आग्रह गरे ।
Comments are closed.