Nepal's First Video FM

हेमा मालिनि लाई जन्मदिन शुभकामना

411

एजेन्सी, ३० असोज । हेमा मालिनीको १६ अक्टोबरमा जन्मदिन हो , आज मनाइरहेकी छिन् , जन्मदिनको अवसरमा  उन लाई धेरै शुभकामना  छ उनका   केहि रोचक जानकारीहरु यस्ता छन्

हेमा मालिनी आमाको जय चक्रवर्तीको गर्भमा हुँदा नै आमाले छोरी भएको यकिन गरेर नाम सोचेको नाम हो हेमा मालिनी उनी आमा राम्रो नर्तकी बन्न चाहान्थिन् तर बन्न सकिनन् । र हेमालाई सर्वोत्तम नर्तकी बनाउनमा ध्यान दिइन् , लगातार अभिनयमा प्रस्ताव आएकोले हेमाले १० कक्षाको परिक्षा पनि दिन पाइनन् । १४ वर्षको उमेरमा नै हेमाको घरको ढोमामा फिल्म निर्माताको लाइन लाग्थ्यो ।

उनको पहिलो हिन्दी फिल्म सपनो का सौदागर हो । हेमाका हिरो शौ मैन राजकपुर थिए । त्यतिबेला राजकपुरले भनेका थिए, तिमी एक दिन सिनेमाको ठुलो स्टार बन्नेछौ । राज साहेबको भविष्यवाणीलाई हेमाले साचो साबित गरिदिइन् ।सुरुवातका दिनमा नै धर्मेन्द्रको साथमा काम गरिन् । यी दुवैको फिल्म बक्स अफिसमा धेरै नचलेपनि जोडीलाई भने धेरैले मन पराए । अगाडी बढेर हिन्दी फिल्मको इतिहासमा सफल फिल्म दिए र बलिउडकै सर्वाधिक कामयाब जोडिको रुपमा स्थापित भए ।

सीता र गीतामा हेमा मालिनीले डबर रोल गरिन् यसै फिल्मले शानदार कामयाबी हेमालाई अग्रिम पंक्तिकी नायिका बनाइदियो । हेमाको सोन्दर्य देखेर सबैले ड्रिम गर्ल पुकार्न थाले । यो नामबाट हेमाको आमाले फिल्म बनाएकी थिइन् ।हेमालाई जितेन्द्र र संजीव कुमार जस्ता अभिनेताले हेमा मालिनीसँग विवाह गर्न चाहान्थे । तर धर्मेन्द्रले बाजी मारे । २००४ मा हेमा मालिनी भारतीय जनता पार्टीमा सहभागी भइन् र उनले राजनितिक यात्रा सुरु गरिन् ।

यस्तै फिल्म फेअर अवार्ड्समा सर्वश्रेष्ठ अभिनेत्री अवार्डमा उनका नाम ११ पटक नामांकित भएको थियो । हेमा हप्तामा २ पटक उपवास बस्नु उनको जिन्दगीको अंग नै भएको छ ।

अभिनेत्री ऋचा चड्‌डा आफ्नो ट्विटमा बारम्बर धनुष र तिरको प्रतिकहरु प्रयोग गरिरहेकी छन् । उनको यी प्रतिकहरुको बारम्बर प्रयोगले ट्विटर प्रयोगकर्ताले उनलाई कतै महाराष्ट्रको सत्ताधारी दल शिवसेनामा सामेल हुने योजना त छैन भन्‍ने प्रश्‍न गरेका छन् ।

संयोगवश, शिवसेना पार्टीको चुनाव चिन्ह पनि तीर र धनु हो ।

ट्विटर प्रयोगकर्ताको यस जिज्ञासालाई प्रस्ट पार्दै ऋचाले त्यस्तो कुनै योजना नभएको बताएकी छन् ।

एकजना ट्विटर प्रयोगकर्ताले सोधेका छन्,“तपाईं शिवसेनामा सामिल हुन लाग्‍नु भएको हो ? तपाईंको पछिल्ला ट्विटहरुमा पार्टीको चुनाव चिन्ह उल्लेख छ ।”

जसको तुरुन्तै जवाफ फर्काउँदै उनले ऋचाले लेखिन्,“होइन, होइन । यो पूर्णरुपमा फरक कुरा हो । मैले पनि हालै पत्ता लगाए (खुशी थिएँ) । यो ह्यासट्याग टिमबाम को प्रतिक हो !”

यो एक प्रशंसकहरुको सामाजिक सञ्‍जालको समूह हो । जसले केही छिनमै सामाजिक सञ्जाल टाइडलाई बद्ल्न सक्छन् । – हिन्दुस्तान टाइम्स

You might also like

Comments are closed.