काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउ को लागि नया नियम लागु गरेको छ , गाउँमा नयाँ व्यक्ति आएका भए छिमेकीहरु मिलेर एक साता क्वारेन्टिनमा लगेर राखिदिन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले टोल वा गाउँमा नयाँ व्यक्ति आएका छन् भने छिमेकीहरुले मिलेर ती व्यक्तिलाई कम्तिमा क्वारेन्टिनमा लगेर राखिदिन आग्रह गरेका हुन् ।
होम आइसोलेसनमा बसेमा व्यक्ति घर बाहिर निस्किएमा नजिकैको सुरक्षा प्रहरी वा स्वास्थ्य मन्त्रालयका टोल फ्रि नम्बरमा खबर गरिदिन पनि उनले आग्रह गरेका छन् ।
पीसीआर गर्न स्वाब दिएका व्यक्तिहरुलाई परीक्षणको रिपोर्ट नआउँदासम्म घरमै बसिदिन पनि उनको आग्रह छ । राजनीति दलका नेताहरु भिडभाडमा जाने र त्यही भिडबाट कोरोना सर्ने गरेको जानकारी भएको हुँदा सभा र सम्मेलनमा नजान समेत मन्त्रालयको आग्रह छ ।
Comments are closed.