Nepal's First Video FM

सञ्‍जय भन्छन्- म चाँडै क्यान्सरमुक्त हुन्‍छु , मलाई केहि हुदैन

279

एजेन्सी । बलिउड अभिनेता सञ्‍जय दत्त पहिलोपटक क्यानसरसँगको आफ्नो लडाइँबारे खुलेर बोलेका छन् । सेलिब्रिटी हेयरस्टाइल अलिम हकिमले बुधबार उनको इन्स्टाग्राम पेजमा एक भिडियो सेयर गरेका छन्, जसमा सञ्‍जय यसो भनिरहेका सुनिए, “म चाँडै क्यान्सर मुक्त हुनेछु ।”

केजीएफ २ का लागि नयाँ हेयरस्टाइल र दाह्री बनाउन सैलुन गएका उनले सैलुनको प्रमोसन गर्दै-गर्दा क्यान्सरबारे बोलेका हुन् । उनले आफ्नो निधारमा भएको आलो घाउलाई देखाउँदै भन्छन्, “तपाईले देखिरहनुभएको यो दाग हालसालैको हो, तर म यसलाई हराउछु । म चाँडै क्यान्सरमुक्त हुनेछु ।”

लकडाउनपछि  पुनः काममा फर्किन पाएकामा उनले खुसी पनि व्यक्त गरे । नोभेम्बरदेखि केजीएफ २ को छायांकन सुरु हुने जानकारी पनि सञ्‍जयले भिडियोमा दिएका छन् ।

क्यान्सर पत्ता लागेपछि अगस्तमा सञ्‍जयले स्वास्थ्य उपचारका लागि केही समय कामबाट छुट्टी लिने घोषणा गरेका थिए । उनी फोक्सो क्यानसरको तेस्रो चरणमा रहेको बताइएको छ । आजबाट उनले चलचित्रकै पात्र काल शम्सेराको डबिङ पनि सुरु गरेका छन् । -इन्डियन एक्सप्रेस

You might also like

Comments are closed.