Nepal's First Video FM

सिडी विजय अधिकारीको पुतली भिडियो सार्वजनिक

505

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन वानका विजेता गायक सिडी विजय अधिकारीको स्वर रहेको रमाइलो रोमान्टिक गीत पुतलीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अमेरिका निवासी प्रोफेसर कैलाश घिमिरेको रचना रहेको गीतमा राजेश थापाको संगीत रहेको छ । जसलाई बिबी अनुरागीले संगीत संयोजन तथा श्यामश्वेत रसाइलीले मिक्सिंग मास्टररिंग गरेका छन् ।

गीतमा मोडल गरिमा शर्माका साथ चलचित्र लम्फुबाट डेब्यु गरेका नायक कबिर खड्का र बाल कलाकार आर्शिना भट्टराईले अभिनय तथा नृत्य गरेका छन् । मनपराएको प्रेमिकालाई साथीहरुको सहयोगमा फकाउँदै गरेको रोमान्टिक अवस्था म्युजिक भिडियोमा देख्न सकिन्छ । यसका साथै म्युजिक भिडियोमा गाउँघरमा आउँदै गरेको दसैंको माहौललाई रमाइलो ढंगबाट उतारिएको छ

यस्तै हाँस्यशृखला गोलमालबाट चर्चामा आएका चर्चित कलाकार पवन खतिवडा ९म्याकुरी  पछिल्लो दिनमा म्यूजिक भिडियोमा पनि ब्यस्त बन्न थालेका छन् । म्यकुरी र कञ्चन खड्काको अभिनय रहेको ‘दिलको ड्राइभर’ बोलको गीतको भिडियो सार्वजनिक भए लगत्तै चर्चा सुरु भएको छ ।

ईशा कार्की र अमृतजंग कुँवरको स्वर रहेको गीतमा ईशा कार्कीकै संगीत शृजना रहेको छ । रिकेश गुरुङले एरेन्ज गरेको गीतमा मनोज विष्टको निर्देशन रहेको छ भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

गीतको भिडियोमा कोरियोग्राफरको रुपमा राज महर्जन रहेका छन् । गीतको परिकल्पना ईशा कार्की र अमृत जंग कुँवरले गरेका हुन् । गीतमा ह्याप्पी क्रियु र चार्मिङ ईन्टरटेनमेन्टका कलाकारले साथ दिएका छन् । भिडियो एमबी क्रियशन युट्युब च्यानलमार्फत बजारमा आएको हो ।

You might also like

Comments are closed.