काठमाडौं । थानेश्वर गौतम र शान्तिश्री परियारको युगल स्वर ‘छुट्नै पो रैछ क्यारे’ बोलको गीत रिलिज भएको छ।
प्रभा बर्तौलाले लेखेको यस गीतमा संगीत गायक गौतमले नै दिएका हुन्। गीत अनुसार भिडिओलाई मार्मिक बनाइएको छ।‘छुट्नै पो रैछ क्यारे’ बोलको गीत रिलिज भएको छ।
भिडिओमा एक सच्चा प्रेम घर-परिवारका कारण बिच्चैमा छुट्नु पर्दा हुने पिडालाई भिडियोमा देखाइएको छ। माओत्से गुरूङको निर्देशनमा तयार भएको भिडिओमा पुष्प खड्का र जानु पोखरेलको अभिनय रहेको छ।
यस्तै गायक विजय शंखर र गायिका विमोचना लोम्जेलको स्वरमा समावेश ‘माया बैगुनी’ बोलको गीत रिलिज गरिएको छ । गीतमा शब्द तथा संगीत गायक शंखरकै छ ।
माया गर्न चाहने यूवा–यूवतीले एक अर्कालाई फकाउने र ठट्टा गर्ने शैलीलाई यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधानले अभिनय गरेका छन् ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायांकन छ । सुशिल न्यौपानेले सम्पादन गरेको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।
तेस्तै समर्पण’ सांगीतिक समुहमार्फत गीतसंगीत सार्वजनिक गर्दै आएका युवा संगीतकर्मी लभ ध्वज केसी र चन्दन ध्वज केसीले ‘जिन्दगी बर्बाद’ सार्वजनिक गरेका छन् । थारु भषा र अंग्रेजी र्यापको फ्यूजन यो गीतमा शब्द र संगीत पनि लभ र कुशकै छ ।
यो गीतको म्यूजिक भिडियोमा चन्दन र समिक्षा पोखरेलले मोडलिङ गरेका छन् । भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन र प्रकाश धितालको निर्देशन छ । यो भिडियोको छायांकन नवलपरासीका विभिन्न स्थानमा गरिएको छ ।
Comments are closed.