काठमाडौं , गायक विजय शंखर र गायिका विमोचना लोम्जेलको स्वरमा समावेश ‘माया बैगुनी’ बोलको गीत रिलिज गरिएको छ । गीतमा शब्द तथा संगीत गायक शंखरकै छ ।
माया गर्न चाहने यूवा–यूवतीले एक अर्कालाई फकाउने र ठट्टा गर्ने शैलीलाई यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधानले अभिनय गरेका छन् ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायांकन छ । सुशिल न्यौपानेले सम्पादन गरेको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।
यस्तै हाँस्यशृखला गोलमालबाट चर्चामा आएका चर्चित कलाकार पवन खतिवडा ९म्याकुरी० पछिल्लो दिनमा म्यूजिक भिडियोमा पनि ब्यस्त बन्न थालेका छन् । म्यकुरी र कञ्चन खड्काको अभिनय रहेको ‘दिलको ड्राइभर’ बोलको गीतको भिडियो सार्वजनिक भए लगत्तै चर्चा सुरु भएको छ ।
ईशा कार्की र अमृतजंग कुँवरको स्वर रहेको गीतमा ईशा कार्कीकै संगीत शृजना रहेको छ । रिकेश गुरुङले एरेन्ज गरेको गीतमा मनोज विष्टको निर्देशन रहेको छ भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
गीतको भिडियोमा कोरियोग्राफरको रुपमा राज महर्जन रहेका छन् । गीतको परिकल्पना ईशा कार्की र अमृत जंग कुँवरले गरेका हुन् । गीतमा ह्याप्पी क्रियु र चार्मिङ ईन्टरटेनमेन्टका कलाकारले साथ दिएका छन् । भिडियो एमबी क्रियशन युट्युब च्यानलमार्फत बजारमा आएको हो ।
Comments are closed.