Nepal's First Video FM

वडा कार्यालय उद्घाटनमा लफडा मेयर उद्घाटन गर्ने उपमेयरले ढुंगा हान्ने

416

१ कात्तिक, धनगढी । हाम्रो देशमा एउटा उखान छ कै नभाको जात्र हाडी गाउमा भने को जस्तै यति बेला कैलालीको घोडाघोडी नगरपालिकाको वडा कार्यालय उद्घाटनमा यस्तै लफडा भए को छ । यो लफडाले अहिले सामाजिक संजाल ताते को छ ।

भवन उद्घाटनका क्रममा मेयर मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद छताछुल्ल भयो । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा ढुंगा हान्न पुगिन् ।शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखेर आफ्नो नाम छुटाएको भन्दै उपमेयरले शिलालेखमा ढुंगा हानेकी हुन् । उनले मेयरविरुद्ध नाराबाजी गरिन् ।

मेयरले रोक्न खोजे तर, विवाद झन चर्कियो । ‘उपमेयरलाई अपमान गर्ने मुदार्बाद’ ‘घोडाघोडी मेयर मुर्दावाद’ ‘महिला भनेर अपमान गर्ने मुर्दावाद’ उनले नारा लगाइन् । शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने उनले बताइन् । वडाध्यक्ष धनबहादुर बमले मेयर र उपमेयर दुबैलाई जान आग्रह गर्दै भने, ‘वडाध्यक्षले उद्घाटन गर्छ, वडा सदस्यहरु सहभागी हुन्छन् ।’

तर उपमेयर टसकोमस भइनन् र, सबै भवनमा उपमेयरको पनि पनि राख्ने सहमति भएको छ ।

यस्तै सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तोकेको समयसीमाभित्र पार्टी एकताका काम पूरा गर्न फेरि असफल भएका छन । बैठकले असोज महिनाभित्र पार्टी एकताका सबै काम सक्न अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो । तर एकताका बाँकी काम टुंग्याउनुको साटो पार्टीभित्र फेरि नयाँ विवाद देखिन थालेको छ ।

एकता प्रक्रिया सम्पन्न गर्ने विषयमा पटक–पटक भाका सार्दै आएको नेकपामा पछिल्लो समय भएको समझदारीले छिट्टै विवाद समाधान हुने अपेक्षा गरिएको थियो । तर एकीकरण भएको २८ महिनासम्म नटुंगिएको एकतालाई पूर्णता दिने स्थायी कमिटीको म्याद गुज्रेसक्दा समेत विवादित विषय जस्ताका तस्तै छन् । अध्यक्षद्वयबीच सहमति जुट्नुको साटो असझदारी झनै बढ्दै गएको छ । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले असोज महिनाभित्र पार्टी एकताका सबै काम सक्ने गरी विवादित विषय टुंग्याउन अध्यक्षद्वय ओली र दाहाललाई जिम्मेवारी दिएको थियो । तर त्यस अनुसार अध्यक्षद्वयले एकताका काम अघि बढाउन सकेनन् । अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक दुई–चार घण्टा छलफल भए पनि ती विना निष्कर्षमै सीमित भए । प्रधानमन्त्री ओलीले स्थायी कमिटीले गरेका निर्णयप्रति वेवास्ता गर्दै आफ्नो पुरानै शैलीलाई दोहो¥याउँदा नेकपामा नेताहरुबीच अविश्वास झनै बढ्दै गएको छ ।

महत्वपूर्ण राजनीतिक नियुक्तिदेखि मन्त्रीहरुको चयनसम्म सहमतिबाटै गर्नुपर्ने निष्कर्ष स्थायी समितिको बैठकले गरेको थियो । तर प्रधानमन्त्री ओलीले आफ्नो पुरानै शैली दोहो¥याउँदै आफूखुसी निर्णय लिएको भन्दै अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल रुष्ट बनेका छन् । जसका कारण न पार्टी एकताको टुंग्याउन बाँकी काम अघि बढ्न सक्यो, न त महाधिवेशनको तयारी नै । यही बीचमा भएको कर्णाली प्रदेशमा मुख्यमन्त्री विरुद्धको अविश्वासले त झन् पार्टीमा तरंग नै ल्याएको छ । अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल एक ठाउँमा उभिएपछि अविश्वासको प्रस्ताव रोकिए पनि यसले केन्द्रसम्म नै निकै ठूलो झड्का दिएको छ । पार्टीभित्र अराजकता मौलाउने खतरा पनि उत्तिकै बढेको छ ।

प्रधानमन्त्रीले नियुक्त गरेका तीन मन्त्री पनि आफ्नै गुटको हुनुले त झन् नेताहरुबीच संवाद हिनताकै अवस्था ल्याइदिएको छ । प्रधानमन्त्री ओलिले एकलौटी गरेको भन्दै आन्तरीक संघर्ष फेरि चुलिएको छ । विभाजनको संघारमा पुगेर जोगिएको नेकपामा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयले विवाद केही हदसम्म सुल्झिने संकेत देखिएको थियो । नेताहरुले ठूलो दुर्घटनाबाट पार्टी जोगाएकाले अब नयाँ गति लिने विश्वास कार्यकर्ताले गरेका थिए । तर, एक महिना नबित्दै नेकपाभित्र पुरानै रोग बल्झिएको छ । यसले मुलुकको राजनीतिलाई कहाँ पु¥याउने हो चासो र चिन्ताको विषय बनेको छ ।

You might also like

Comments are closed.