कोभिड -१९ को महामारीको समयले देश अस्तबेस्त छ जनता भोकमा छन् सडक मा छन् पिडामा छन्, संकर्मण बढेको बढे छ,
यस्तो बेलामा सांसदहरु ले भने दसैँ भत्ता देखि तलब लिएका छन्,संसद् सचिवालयका अनुसार सांसदहरूले गत बिहीबारअगाडि नै दसैँ पेस्की पाएका छन् ।
आम सर्वसाधारण नागरिकहरू रोग र भोकले तड्पिरहेको बेलामा सांसद, मन्त्रीहरूले दसैं खर्च लिनु अनुचित छ , प्रतिनिधिसभाका दुई सय ७५ र राष्ट्रिय सभाका ५९ सदस्य गरी संघीय संसद्मा तीन सय ३४ हुन्छन् । यसै बीच राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले मात्र दसैँ भत्ता लिएका छैनन् । उनले कोभिड महामारी नियन्त्रण नभएसम्म आफ्नो नियमित तलब पनि बन्द गरिदिन भन्दै संसद् सचिवालयलाई पत्र लेखेका थिए । चैतयता उनले तलब लिएका छैनन् ।
मन्त्रीहरूको तलब पनि मन्त्रिपरिषद्बाटै जाने भएकाले संसद्बाट निकासा भएको छैन । तर, तीनजना नवनियुक्त मन्त्रीले संसद्बाट दसैँ भत्ता बुझेर मन्त्रीको शपथ खाएका छन् । झन्डै तीन सय ६ सांसदले दसैँ मनाउन पूरै एक महिनाको तलब बुझेका छन् ।
यसै बीच विवेकशील नेपाली दलले बागमती प्रदेश सरकारलाई प्रदेश सभाका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलाई दसैं भत्ता नबाँड्न आग्रह गरेको छ।
कोभिड -१९ को महामारीको समयमा दिन अनुकूल नभएकाले यदि रकम बाँडेको भए पनि फिर्ता गर्न दलले आग्रह गरेको हो। आम सर्वसाधारण नागरिकहरू रोग र भोकले तड्पिरहेको बेलामा सांसद, मन्त्रीहरूले दसैं खर्च लिनु अनुचित कार्य रहेको दलको ठहर छ
‘हामी उक्त कार्य अविलम्ब रोक्न र खातामा पठाइएको दसैं खर्च फिर्ता गरी कोभिड कोषमा दाखिला गर्न संघ एवं सबै प्रदेश सरकारहरुको ध्यानाकर्षण गर्दछौं’, दलद्वारा विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेशमा रहेका हाम्रा सांसदहरूले उक्त रकम नलिने र प्राविधिक रूपमा खातामा आइसकेको भए फिर्ता गर्ने व्यहोरासमेत जानकारी गराउँछौं।’
Comments are closed.