Nepal's First Video FM

कुसुम भण्डारीको मौलिक दशैँ तिहार गीत ‘ए काका'(भिडियो )

490

काठमाडौ । नेपाली हिन्दुहरुको महान पर्व विजयादशमी तथा दिपावलीको पुर्ब सन्ध्यामा लोकप्रिय गायक,सर्जक कुसुम भण्डारीले मौलिक दशै तिहार गित “ए काका सार्बजनिक गर्नुभएको छ।

मौलिक नेपाली लोक संगीतलाई नजिकबाट बुझ्ने र आत्मसात गर्ने भण्डारीले आफ्नै जन्मथलो गल्याङ नगरपालिका गेझामा छायांकन गरि समाजका हरेक बर्गलाई नचाउन र हसाउन सफल हुनुभएको छ।

अन्य गीतमा जस्तैः यसमा पनि आफैं लय, शब्द तथा निर्देशन गर्नुभएको छ। गीतमा पुरुष आवाज सुमधुर स्वरका धनी सुरज भण्डारीको छ भने उनलाई साथ दिएकी छ्न लाल माया थापाले ।त्यस्तै एरेन्ज मनोज खड्का र गितको छायांकन हिमाल न्यौपानेले गर्नुभएको थियो। गीतमा मुख्य अभिनयमा स्वयम आफै कुसुम भण्डारी र संगीता खनालको रहेको गित निकै पृथक र मौलिक बनेको छ। (भिडियो)

You might also like

Comments are closed.