गीतकार विश्व गौडेलको शब्दमा ‘सुनरीमै’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको गायक प्रमोद खरेल र गायिका मेलिना राइको आवाजमा समावेश यो गीतमा दीपक शर्माको संगीत छ ।
गीतको भिडियोमा टिकटकका हिट जोडी प्रिज्मा र प्रिन्सी खतिवडाको साथमा नायक नाजिर हुसेनको अभिनय छ ।
भिडियोको छायाँकन नबराज उप्रेतीले गरेका हुन्। नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी रहेको भिडियोमा जीवन रसाईलीको निर्देशन रहेको छ ।
यस्तै गायक बसन्त सापकोटा र गायिका रचना रिमालको स्वरमा समावेश ‘माया झ्यालैमा’ बोलको गीतको म्यूजिक भिडियो रिलिज भएको छ । गीतमा बसन्तकै शब्द तथा संगीत छ ।
यो गीतको भिडियोमा मोडलद्धय श्रृष्टी खड्का र सुधिर श्रेष्ठको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, निशान काश्यपको सम्पादन छ । निशानले नै यो भिडियोको निर्देशन गरेका हुन् ।
Comments are closed.