Nepal's First Video FM

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

511

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन् । बुधबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका थापाको स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका हुन् ।

टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि थापा अस्पताल भर्ना भएका हुन् । थापा अहिले चावहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरको आईसीयूमा छन् ।

अस्पतालका प्रबन्धक बाबुकाजी कार्कीका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।

You might also like

Comments are closed.