Nepal's First Video FM

राजेश राई र जेश्मी लिम्बूको आवाजमा ‘लुकी लुकी’ (भिडियो)

495

काठमाडौं, २ कात्तिक । गायक राजेश राई र जेश्मी लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । भीम राई परदेशीको शब्द तथा योगेश काजीको एरेञ्ज रहेको ‘लुकी लुकी’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

आशिष राईको कोरियोग्राफी र निर्देशन रहेको उक्त गीतको भिडियोलाई अनिल कटवालले छायाङ्कन गरेका हुन्, भने अरुण कटवालले सम्पादन गरेका हुन् ।

‘राजेश राई अफिसियल’ युट्यूवमार्फत् सार्वजनिक गरिएको ‘लुकी लुकी’लाई गायक राजेश राई आफैले संगीतबद्ध गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा कमल सिंह र सिम्रन थापाले अभिनय गरेका छन् ।

You might also like

Comments are closed.