Nepal's First Video FM

‘एउटा यस्तो प्रेम कहानी’को दोश्रो टिजर रिलिज, कहिले होला हलमा चल्लनी ?

657

काठमाडौं,। चार दशक नेपाली चलचित्रमा अनवरत योगदान दिएका कलाकार शिव श्रेष्ठले प्रस्तुत गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर रिलिज गरिएको छ। शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिस्मा मानन्धरको छोरी कबिता मानन्धरको डेब्यु फिल्म त्यो पनि जोडिका रुपमा भएकोले पनि फिल्मको चर्चा बढी छ।

नेपाली मात्र नभएर पाकिस्तानी, बङ्लादेशी र थाइ फिल्म मार्फत नेपाली र सम्वन्धित देशको कला सँस्कृतीको उत्थानमा योगदान दिएका कलाकार शिव श्रेष्ठ आफैले हालको कोभिड-१९ को विषम परिस्थिति र नेपाली फिल्म उद्योगमा निराशा छाएको समयमा फिल्मको रिलिजको लागि तयार भएर आउनुलाई नेपाली फिल्म उद्योगको आकाशमा मडारिएको कालो बादलमा चाँदीको घेरा देखिएको निर्देशक दिपेस सापकोटाको भनाइ छ।

२०७४ चैत्र ३० गते उपराष्टपति नन्दकिशोर पुनको उपस्तिथिमा शुभ मुहुर्त गरिएको फिल्मको २०७५ जेठ १ गते एक्सन टिजर रिलिज गरिएको थियो। ‘मल्टी स्टार’ र ‘बिग बजेट’ फिल्म भएकाले सुटिङ सक्न केही लामो समय लागेको निर्माण युनिटको स्विकारोक्ती छ।

यस्तै शनिवार लाजिम्पाटस्थित सम्पदा होटलमा सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धि सावधानी अपनाएर फिल्म ‘भाँडाकुटी’ घोषणा गरियो । फागुनबाट छायांकन सुरु हुने फिल्मलाई किरण विकले निर्देशन गर्दैछन् । फिल्ममा मुकुन भुषाल र बेनिशा हमालको जोडी बाँधिएको छ । महावीर विश्वकर्मा, रिजेन थापा, शेखर सुवेदीलगायतको पनि फिल्ममा अभिनय रहनेछ ।


२०७८ सालको सुरुवातमा प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मले चारवटा कथा भन्नेछ । ती चारवटै कथा विवाह सम्बन्धि रहेको निर्देशक विकले बताए । स्क्रिप्ट लेखनमा उनलाई आचार्य गोपालले सघाएका छन् । बुटवललाई पुष्ठभूमिमा राखेर खिचिने फिल्ममा राजकुमार दर्जीको कोरियोग्राफी रहनेछ । अष्ट्रेलियामा बस्दै आएका कलम खड्काले फिल्मको निर्माण गर्न लागेका हुन् ।

यस अगाडि निर्माण गरेको फिल्म बाग्मती ब्यवसयिक रुपमा सन्तोषजनक नभए पनि निर्माता यसोधा राई र दिनेश दर्शनधारीले नेपाली फिल्म प्रतिको सद्भाव प्रष्ट पर्दै नेपाल सरकारले फिल्म प्रदर्शनको बाटो खोल्नासाथ एउटा यस्तो प्रेम कहानी हलमा प्रदर्शन गर्ने जमर्को गर्नुलाई सापकोटा सह्रानिय भएको बताउँछन्।

You might also like

Comments are closed.