काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा सक्रिय वैज्ञानिक महावीर पुनले आइतबार नयाँ सुट प्यान्टमा सजिएको फोटो राख्दै पुनले लेखेका छन्- लौ हेर्नुहोस, मैले नि यो वर्षको दसैंमा त नयाँ कपडा पाएँ बाइ।
४५ बर्ष पछि आफूले दसैंमा नयाँ कपडा पाएको उल्लेख गरेका छन्। उनले आफूले पहिरिएको सुट पुरानो जडौरी नभएको पनि स्पष्टीकरण दिएका छन्।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महवीर पुन,आविष्कार केन्द्रमा सामान जुटाउन सहयोगीहरूको विवरण, केन्द्रबाट गरिने सहयोगसँगै उनले फेसबुकमा व्यक्तिगत जीवनका सुख दु:ख पनि आफ्ना शुभेच्छुकलाई सुनाउँछन्।
यसै बीच उनले ‘यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन्। पुरानो जडौरी होइन। मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो’, उनले लेखेका छन्, ‘जुत्ताचाहिँ ६ वर्ष पुरानो हो।’
धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर आफूलाई कचकच् गरिरहेको भन्दै अब उनीहरूलाई चुप लाग्न पनि पुनको आग्रह छ।
र उनले अन्त्यमा भनेका छन्, क्या रमाइलो हुने भयो यो पालिको दसैं त ।
Comments are closed.