Nepal's First Video FM

मोरङमा कात्तिक १५ सम्म निषेधाज्ञा

406

चाडपर्वमा हुने भीडभाडको कारण कोरोना संक्रमण थप फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले ३ कात्तिकदेखि १२ दिन निषेधाज्ञा जारी गरेको छ । चाडपर्वमा हुने संक्रमण बढ्ने निष्कर्षसहित मोरङ प्रशासनले १५ कात्तिक राति १२ सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सो अवधिमा जिल्लाभरीका सबै मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा तथा चर्चहरूमा गरिने नित्य पूजा र प्रार्थनाबाहेक सामूहिक रूपमा भेला जम्मा भई गरिने पूजाअर्चना, भजनकिर्तन, कलश यात्रा, बली पूजा एवं मूर्ती विसर्जनलगायतका कार्यहरू गर्न नपाइने प्रशासनले जनाएको छ । सो अवधिमा जिल्लाभरी नै साँझ ८ बजेदेखि बिहान ५बजेसम्म राजमार्ग चल्ने लामो दूरीका सवारीसाधनबाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

You might also like

Comments are closed.