फागुन १५, आइसीसी विश्वकप छनोट क्रिकेट अन्तर्गत नेपाल र युएई बीचको अभ्यास खेल वर्षाका कारण प्रभावित भएको छ । वर्षाको कारण मैदान अहिले चिसो र मैदान भिजेका कारण खेल केही समयका लागि रोकिएको हो ।
नेपाली समयानुसार दिउँसो १:१५ मा खेल सुरु हुनुपर्ने भएपनि वर्षा बाधक बनेको हो । क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा नेपाल र युएईको अभ्यास खेल हुँदैछ ।
नेपाल समूह ‘बी’ मा अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै रहेको छ। नेपालले पहिलो खेल फागुन २० गते आइतबार घरेलु टोली जिम्बावे विरुद्द खेल्दै छ ।
यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले फागुन २४ स्कटल्याण्डको सामना गर्नेछ । लिग चरणका अन्तिम दुई खेलमा नेपालले फागुन २६ मा अफगानिस्तान र फागुन २८ मा हङकङको सामना गर्नेछ। दोश्रो अभ्यास खेलमा फागुन १७ गते बिहीबार नेपालले हङकङको सामना गर्नेछ ।
Comments are closed.