Nepal's First Video FM

उपत्यकामा २३८८ सहित ३७९० कोरोना संक्रमित थपिए, थप १८ जनाको मृत्यु

324

नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २३३५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ ।

थपिएका संक्रमितमध्ये २३८८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २००८ जना, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् ।

You might also like

Comments are closed.