काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का सबै सांसदले दसैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्रीले राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायतसँग छलफल गरेर यस्तो निर्णय गरेको रातोपाटीलाई जानकारी दिए ।
आज (सोमबार) दिउँसो बसेको नेकपा संसदीय दलको बैठकले आफ्ना सांसदका लागि सरकारबाट उपलब्ध दसैं खर्चबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।
कोरोना महामारीका कारण नागरिक चरम पीडामा रहेका बेला जनप्रतिनिधिले दसैं भत्ता लिनु बैठीक भएको भन्दै एकपछि अर्का सांसदले यस्तो रकम फिर्ता गरिरहेका बेला सत्तारूढ नेकपाका सांसदले पनि दसैं खर्चबापतको रकम कोरोना नियन्त्रणमा लगाउने निर्णय गरेका हुन्।
Comments are closed.