Nepal's First Video FM

आजदेखी दशैँका लागि खसीबोका बिक्री सुरु

625

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका बिक्री गर्ने भएको छ । बजारमूल्यको तुलनामा संस्थानले प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा खसी बेच्ने निर्णयसमेत गरेको छ ।

बजारमा प्रतिकिलो साढे ६ सय रुपैयाँसम्ममा बिक्री गरेको पाइएकाले खाध संस्थानले भने उपभोक्तालाई प्रतिकिलो ५ सय ५० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले जानकारी दिनुभएको छ ।

दसैंलाई लक्ष्य गरी खाद्यले हरेक वर्ष खसीबोका तथा च्यांग्रा बिक्री गर्दै आएको छ । यसपालि च्याङुग्रा भने बिक्रि नगर्ने भएको छ । कम्पनीले यसपालि ३ हजार खसीबोका बिक्री गर्ने लक्ष्य राखेको थियो ।

त्यसमा कोभिड–१९ को बढ्दो संक्रमणका कारण एक हजार वटा मात्रै खसीबोका बिक्री गर्ने जनाएको छ । सस्थानले गत वर्ष खसीबोका र च्यांग्रा गरी ३ हजार २० वटा बिक्री गरेको थियो ।

You might also like

Comments are closed.