Nepal's First Video FM

समिक्षा अधिकारीले आवाज दिएको ‘बाँचेको छु’ गीत एकाएक कसरी भाइरल भयो ?हेर्नुहोस

3,723

काठमाण्डौ। ‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘यत्ती जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’ लगायतका गीतका रचनाकार तथा संगीतकार शिव सुवेदीको शब्द/संगीत रहेको नयाँ लोक गीतको भिडियो रिलीज भएको केहि समय बित्न नपाउदै १० लाख दर्शकले हेरेका छन। ‘बाँचेको छु धन्न’ बोलको यस गीतमा चर्चित गायिका समिक्षा अधिकारी र गायक बिक्रम परियारको स्वर रहेको छ ।

गीतको भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काको जीवन्त अभिनय रहेको छ । देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटना पछि छुटेको प्रेम जोडीको कथा देखाईएको छ । प्रेमीकाको यथार्थ नदेखेका प्रेमीको शंका र अचानक भएको भेटपछिको अवस्थालाई बब्लुले सुन्दर तवरले भिडियोमा उतारेका छन् । भिडियोका छायाँकार अनिल कृष्ण मानन्धर हुन् भने सम्पादन प्रविण भट्टले गरेका छन् ।

You might also like

Comments are closed.