काठमाडाैं । सरकारले अबदेखि काेराेना संक्रमितकाे उपचार सरकारले नगर्ने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले आइतबारदेखि लागू हुने गरी काेराेना परीक्षण तथा उपचारकाे शुल्क लाग्ने बताएका हुन् ।
सरकारले तोकेको लक्षित समूहमा पर्नेहरुको भने सरकारले कोरोना परीक्षणदेखि उपचारसम्म सरकारले नै निःशुल्क गरिदिने भएको छ । सरकारले आर्थिक रुपले विपन्न, अशक्त र असाहय अवस्थामा रहेका नागरिक, असाहय एकल महिला, अति अपांगता भएका नागरिकहरु, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु लगायत जोखिमपूर्ण क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई सरकारले निःशुल्क परीक्षण र उपचार गरिदिने समूहमा राखेको छ ।
सरकारले तोकेको लक्षित समूह बाहेकको परीक्षण र उपचार निःशुल्क नहुने प्रवक्ता प्राडा गौतमले जानकारी दिए ।‘आर्थिक रुपले विपन्न, अशक्त र असाह्य अवस्थामा रहेका नागरिक, असाह्य एकल महिला, अति अपांगता भएका नागरिकहरु, जेष्ठ नागरिक, अग्रपंक्तीमा खटिने स्वास्थ्यकर्मीहरु, सररफाई कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायत जोखिम पुर्ण क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा लक्षण वा चिन्ह देखिएमा परीक्षण निशुल्क गरिनेछ र अन्य सबै किसिमका व्यक्तिहरुको परीक्षण तथा उपचार व्यक्तिकै आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ।
यो निर्णय कात्तिक २ गते २०७७ देखि भर्ना र परीक्षण हुनेमा लागु हुनेछ’, उनले भने । याेसँगै सरकारले यसअघि सबैकाे लागि निशुल्क गरेकाे काेराेना परीक्षण र उपचार राेकिएकाे छ ।
Comments are closed.