Nepal's First Video FM

प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा र ओली पुगे बालुवाटार- बैठकमा मिसिए दोस्रो तहका नेता

8

काठमाडौं । प्रमुख दलका शीर्ष तीन नेताहरुबीचको बालुवाटारमा भेटवार्ता भएकाे  छ।  बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ।  तीन नेताबीच बजेट र नीति तथा कार्यक्रमसहित संसदीय सुनुवाइ समिति गठनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा तीनै दलका प्रमुख सचेतकहरू पनि पुगेका हुन्।

उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर थापा, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादीका हितराज पाण्डे थपिएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत दर्जन बढी पक्राउ परिसकेका छन् । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन् ।

You might also like

Comments are closed.